आज नेप्से ४१ अंकले बढ्यो, निफ्राको ६५ करोड रुपैयाँको कारोबार

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, आज शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ४१.३६ अंकले बढेर २५७०.३१ विन्दुमा पुगेको हो ।मंगलबार २५२८ विन्दुमा पुगेको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंकले बढेर ४५५.९५ विन्दुमा पुगेको हो ।

आज २०८ कम्पनीको ७२ हजार ९ सय ५७ पटक कारोबार भएर ६ अर्ब ६७ करोड ४४ लाख २३ हजार ९४१ रुपैयाँ बराबरको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले बताएको छ ।

सबैभन्दा धेरै व्यापार समूहको ९.४ प्रतिशतले परिसुचक बढेर ३८१ रुपैयाँ ११ पैसा प्रतिशेयर मुल्य कायम भएको छ । नेप्सेको अनुसार आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ६५ करोड १५ लाख भन्दा धेरैको कारोबार भएको छ ।

बैंकको आज ५८१ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ । त्यस्तै अपर तामाकोशीको ४१ करोड ५७ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको प्रतिशेयर मुल्य ७७२ रुपैयाँ कायम गरेको छ भने आज साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरि हिल्सहित पाँच कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

 

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्