सुनको मूल्यमा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र १२, नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज ‍छापावाला सुन मंगलबारको तुलनामा प्रतितोला २०० रूपैयाँले बढेर ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तैगरी तेजाबी सुन पनि आज ८६ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ भने चाँदी आज प्रतितोला १२३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित : 25 March, 2021

प्रतिक्रिया दिनुहोस्