केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जोरपाटीमा डिसहोमको सह वितरण सोरुम

सहयात्रा टिभी

काठमाडौं । माघ २०, डिसहोम फाइबरनेटले जोरपाटीमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।

१९ माघदेखि डिसहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको हो। यस सोरुमको संचालन दीपा इम्पेक्सले गर्नेछ।

सोरुम समुद्घाटन, डिशहोमका तर्फबाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मदन सापकोटाको उपस्थितिमा सम्पन्न भएको थियो।

लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्‍याउँदै आएको दीपा ईम्पेक्सले अब डिसहोम फाइवरनेट बिक्री र विक्री पछिको सेवा नयाँ सोरुममार्फत दिनेछ।

दीपा इम्पेक्सले १५ सयभन्दा धेरै ग्राहकलाई डिसहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको छ। अब अझ बढी ग्राहकहरूमाझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने इम्पेक्सका संचालक सुवास तिमिल्सिनाले जानकारी दिए।

 

प्रकाशित : 3 February, 2022

प्रतिक्रिया दिनुहोस्