निर्वाचन आयोगले फेर्यो भरतपुरमा मुख्य निर्वाचन अधिकृत

काठमाडौं। चैत २९, निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई हटाएको छ।
आयोगले भरतपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।
आयोगले केही दिनअघि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको थियो।