सुनिलले नेपालमा ल्याए रणवीरको फिल्म

काठमाडौं। वैशाख ३०, पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् ।
उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् ।
यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल बन्द हुने भएकाले शनिबार प्रदर्शन गर्न लागिएको हो ।
मानन्धरको वितरण कम्पनी सिंहदेवी प्रोडक्सनले भारु २१ लाख ९३३ लाख ६० हजार नेपाली रुपैयाँ०मा उक्त फिल्म खरिद गरेको हो । उनले यशराजका अन्य फिल्मलाई पनि नेपालमा ल्याउने जनाए ।
सुनिलले स्थापना गरेको दर्शना आर्ट्सले सन् २०१३ मा शाहरुख खान स्टारर ‘चेन्नई एक्सप्रेस’ समेत वितरण गरेको थियो । उनले पछिल्लोपटक ‘इटी’ फिल्म वितरण गरेका थिए ।