रेनु दाहाल भरतपुरमा १३६८ मतान्तरले अगाडि

काठमाडौं। ज्येष्ठ ४, रतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दाहालले नौ हजार चार सय पाँच मत ल्याएर अग्रता लिएकी छन् ।
उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका विजय सुवेदीले आठ हजार ३७ मत ल्याएका छन् ।
सुवेदी भन्दा दाहाल एक हजार तीन सय ६८ मतले अगाडि छिन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार भरतपुरमा अहिलेसम्म २६ हजार एक सय २६ मत गणना भएको छ ।
जसमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार दुई सय ४८ मत ल्याएका छन् । गठबन्धनतर्फका उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार एक सय ९६ मत ल्याएका छन् भने एमालेकी हिमला गुरुङले ६ हजार पाँच सय ४८ मत ल्याएकी छन् ।