केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरामा ३८ सय मत गन्न बाँकी, आचार्य ५ हजारले अगाडि

सहयात्रा टिभी

काठमाण्डौ । ज्येष्ठ १०, कास्कीको पोखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको जित निश्चित भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पछिल्लो पटक सार्वजनिक गरेको १ लाख ३९ हजार ४११ मत गणनाको नतिजामा आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ५ हजार ४८५ मतले पछाडि पारेका छन्।

जबकि अब गणना हुनका लागि ३ हजार ८१५ मत बाँकी रहेको छ। आचार्यले प्राप्त गरेको मतान्तर गणना हुन बाँकी रहेको मतभन्दा १ हजार ६७० ले बढी रहेको छ। बाँकी रहेका ३ हजार ८१५ मत लगातार थापालाई नै परे पनि आचार्यले १ हजार ६७० मतान्तरले विजयी हुने निश्चित देखिएको छ।

परिणाम अनुसार गठबन्धनका आचार्यले ५७ हजार ७२ मत प्राप्त गर्दा थापाले ५१ हजार ५८७ मत पाएका छन्। प्रमुखमा नै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार शंकर खरालले ५ हजार ६०७, अटेरी अभियानका खडक राज पौडेल गनेशले २ हजार ९९० र विवेकशील साझाकी उम्मेदवार सुशीला केसी ९अधिकारी० ले ३३५ मत पाएका छन्।

उपप्रमुख पदमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले आफ्नो अग्रतालाई कायमै गरिरहेकी छिन्। सुरुवाती अग्रतामा गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट अगाडि रहेको भए पनि पछि गुरुङकै अग्रता कायम रहँदै आएको छ।

 

 

प्रकाशित : 24 May, 2022

प्रतिक्रिया दिनुहोस्