तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाँणको अग्रता कायमै

काठमाण्डौ । ज्येष्ठ ११,गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी छ ।
तिलोत्तमामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । अहिलेसम्ममा ५० हजारभन्दा बढी मतको परिणाम सार्वजनिक हुँदा खाँण ९६३ मतले अगाडि छन् ।
पछिल्लो मत परिणामअनुसार खाँणले १९ हजार ८ सय ३१ मत पाएर अग्रता कायम रोखको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनलाई नेकपा एमालेका मोहन चापागाईंले १८ हजार ८ सय ६८ मतका साथ पछ्याइरहेका छन् ।