प्रतिस्पर्धा गर्दा काभ्रेमा एमाले पहिलो दल

काठमाण्डौ । ज्येष्ठ १२, स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले प्रमुख पदमा ६८ हजार ६ सय ४७ मत प्राप्त गरेको थियो ।
एमालेले थपिएका मतदातामाझ एक्लै प्रतिस्पर्धा गर्दा जिल्लामा १६ हजार ६ सय ८ मत बढाएको छ । २०७९ को स्थानीय तहको निर्वाचनमा एमालेले ८५ हजार २ सय ५५ मत प्राप्त गरेको छ ।
गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, मधेसवादी दलहरुसमेतको कूल मत जिल्लामा १ लाख ६ हजार २ सय १० मत रहेको छ ।
एमालेको भन्दा गठबन्धनको मत २० हजार ९ सय ५५ मात्रै धेरै छ । एक्लाएक्लै प्रतिस्पर्धा गर्दा एमाले जिल्लाको पहिलो शक्ति बनेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६८ हजार ६ सय ४७ रहेको थियो भने कांग्रेसले प्राप्त गरेको कुल मत प्रमुख पदमा ६३ हजार १ सय ३९ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।