दोश्रो ‘जिनियस म्युजिक अवार्ड’ हुँदै

काठमाडौँ । जेठ १३, जिनियस म्युजिक प्रालिले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजित ‘दोश्रो जिनियस म्युजिक अवार्ड’ कार्यक्रम नेपाली गीत संगीतका लोकप्रिय श्रष्टाहरुलाई ‘जिनियस म्युजिक अवार्ड २०७९ द्वारा पुरस्कृत तथा सम्मान गर्ने भएको छ ।
दशक बढी समयदेखि गीत, संगीत क्षेत्रमा सक्रिय संस्था जिनियसले आफ्नो कम्पनिको वार्षिकोत्सवको अवसर पारेर सम्मान कार्यक्रम गर्न लागेको कम्पनिद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
उक्त विज्ञप्तीमा अवार्डका लागि आवेदन फाराम खुला भएको जानकारी गराएको छ । अवार्डमा सहभागिता जनाउनका लागि कम्पनिको आधिकारिक वेबसाइट मार्फत देशभरी आवेदन भर्न सकिनेछ ।
कम्पनीका प्रवन्ध निर्देशक तथा संगीतकर्मी रमेश पाठकका अनुसार २०७७ साल वैशाख १ गतेदेखि २०७९ बैशाख मसान्तसम्म सार्वजनिक भएका नेपाली गीत–संगीतले यो अवार्डमा आवदेन दिन सक्ने छन् ।