केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेस पदाधिकारी बैठक आज

सहयात्रा टिभी

काठमाडौँ । असार २१, नेपाली कांग्रेसको भ्रातृ संगठन र शुभेच्छुक संस्थाको विधान परिमार्जन र पारित गर्ने सन्दर्भमा छलफल गर्न आज दिउँसो पदाधिकारी बैठक बस्दैछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको असार २७ गते बस्ने बैठकको कार्यसूचीमाथि छलफल गर्न पदाधिकारी बैठक बस्न भएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठकको कार्यसूचीबारे छलफल हुने बताउँदै पार्टीका विभाग गठन र भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको परिमार्जित विधानका सन्दर्भमा कुराकानी हुने उल्लेख गरे ।

सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा विषयमा छलफल हुने भएपनि अन्य समसामयिक विषयमा समेत छलफल हुने बताएकी छन् । उनले विधान परिमार्जित र पारित गर्न पार्टीभित्र सहमतिका लागि छलफल हुने जानकारी दिइन् ।

 

प्रकाशित : 5 July, 2022

प्रतिक्रिया दिनुहोस्