बैठक स्थगन गरेर प्रचण्ड सोलुखुम्बुतिर

सहयात्रा टिभी

काठमाडौं । असोज ३, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका छन् । समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर सोलुखुम्बु गएका हुन्।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । प्रचण्डका साथमा अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेताहरु समेत सोलुखुम्बु पुगेका छन्।

प्रचण्ड सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्