बालुवाटारमा कांग्रेसको सात प्रदेशको छुट्टाछुट्टै बैठक

सहयात्रा टिभी

काठमाडौं । असोज ३, समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची टुंगो लगाउन नेपाली कांग्रेसका नेताहरु छलफलमा जुटेका छन्  प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसिरहेको बैठकमा दिउँसो १ बजेसम्म नामहरुमा सहमति जुट्न सकेको छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार सात प्रदेशको छुट्टाछुट्टै बैठक बसिरहेको छ ।प्रतिनिधिसभा र प्रदेशसभा दुबैतर्फका उम्मेदवार सोमबार नै बुझाउनुपर्ने भएकाले नेताहरु छलफलमा जुटेका हुन् ।

प्रदेशका शीर्ष नेता, केन्द्रीय सदस्य, प्रदेश सभापतिहरु सम्मिलित बैठक छुट्टाछुट्टै बसिरहेको छ । प्रदेशसभाको समानुपातिक सूचीमा सहमति जुटेपछि प्रतिनिधिसभाको बन्दसूची टुंगो लगाउन पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने एक नेताले जानकारी दिए । कार्यसम्पादन समितिले नाम टुंगो लगाएपछि निर्वाचन आयोगमा बुझाइने ती नेताले बताए ।

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्