प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक अझै जारी

काठमाडौ । असोज ५, सत्ता गठबन्धनका नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अझै जारी छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न गठबन्धनका नेताहरुको बैठक बसेको जनाएको छ ।
संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।
सत्ता गठबन्धनको बैठकमा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा सिट बाँडफाँट कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।