हेमराज भण्डारीसहित धनकुटामा माओवादी नेताहरुले दिए सामूहिक राजीनामा

सहयात्रा टिभी

काठमाडौ । असोज ९, नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् । प्रतिनिधिसभाको उम्मेदवार माओवादी केन्द्रले पाउनुपर्ने दावी गर्दै आएका उनीहरुले सामूहिक राजीनामा घोषणा गरेका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका हु्न् ।

यसअघि धनकुटाका नेता माओवादीका पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीले प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गरेका थिए । तर सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नटुंगिएकाले भण्डारीको उम्मेदवारी सुनिश्चित छैन ।

 

प्रकाशित : 25 September, 2022

प्रतिक्रिया दिनुहोस्