नेकपा एकीकृत राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट

सहयात्रा टिभी

काठमाडौं । असोज ३०, सत्ता गठबन्धनका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उठेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको जनाएको छ ।

गुरुङको बैंकिङ कसुरमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि गुरुङ रिट लिएर सर्वोच्च अदालत आएका छन् ।

उक्त रिटमाथि गत शुक्रबार पनि पेशी तोकिएको थियो । तर, गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि स्थगित भएको थियो ।

 

 

प्रकाशित : 16 October, 2022

प्रतिक्रिया दिनुहोस्