सोलुखुम्बुमा प्रहरी निरीक्षक सुतेकै ठाउँमा मृत्यु

सहयात्रा टिभी

सोलुखुम्बु । मंसिर २९, सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ बासामा प्रहरी निरीक्षक श्रीप्रसाद राई सुतेकै अवस्थमा मृत भेटिएको छ ।

मंगलबार राति साथी भाइसँग रमाईलो गरी खाना खाइसकेर सुत्नुभएका राई घरैमा ओछ्यानमा मृत भेटिएको हो । प्रहरी निरीक्षक राई ओखलढुङ्गाको ईलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रहरी प्रमुख थिए । राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र बिदामा घरमा आएका थिए । उनको शव पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित : 15 December, 2022

प्रतिक्रिया दिनुहोस्