केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केन्द्रमा जस्तै मधेस प्रदेशको प्रदेशसभामा पनि ज्येष्ठ सदस्यमा अन्योल

सहयात्रा टिभी

काठमाडौँ । पुस ३, केन्द्रमा जस्तै प्रदेशमा पनि प्रदेश सभाको ज्येष्ठ सदस्यको समस्या उत्पन्न भएको छ ।

सभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले सांसदहरुलाई सपथ खुवाउने चलन छ । मधेस प्रदेशमा पनि कसलाई ज्येष्ठ सदस्य मान्ने विषयमा अन्योल भएपछि प्रदेश सभा सचिवालयले निर्वाचन आयोगलाई पत्र लेख्ने भएको छ ।

मधेस प्रदेशको प्रदेश सभा सचिवालयले शनिबार प्राप्त गरेको मतपरिणामका आधारमा ज्येष्ठ सदस्य चयन गर्न गाह्रो भएको सचिवालय सचिव रञ्जितकुमार यादवले बताए ।

अरु अरु स्रोतबाट उमेर हद हेरेर ज्येष्ठ सदस्य मिलाउन सकिन्छ । तर त्यो आधिकारिक हुँदैन । आधिकारिकताका लागि आयोगलाई पत्र लेख्न लागेको उनले बताए । प्रदेश सभामा रहेका १०७ जना सदस्यको उमेर खुलाएर पठाई दियो भने आफूहरुलाई उमेरका आधारमा ज्येष्ठ सदस्य चयन गर्ने सजिलो हुने उनले बताए ।

ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखलाई र ज्येष्ठ सदस्यले अन्य सांसदलाई सपथ खुवाउने गरिन्छ । प्रत्यक्ष र समानुपातिक सदस्य गरी मधेस प्रदेशको प्रदेश सभामा १०७ जना सदस्य रहेका छन् ।१०७ जना सदस्यहरु विभिन्न १० वटा दलबाट चुनिएर आएका छन् ।

प्रकाशित : 18 December, 2022

प्रतिक्रिया दिनुहोस्