क्यानमा रमिता, उधारोमा शुरू भयो नेपाल टी-२० लिग
सहयात्रा टिभी
काठमाडौँ । पुस ९, नेपाल क्रिकेट संघ (क्यान) ले गत भदौमा नेपाल टी-२० लिग घोषणा गर्दा नै चर्चा र विवादको भुमरी शुरू भएको थियो। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई गोप्य रूपमा प्रतियोगिताको सम्पूर्ण अधिकार आठ वर्षको लागि ३३ करोडमा सुम्पिएपछि शुरूमै क्यानले विरोधको सामना गर्नुपर्यो।

त्यो विवाद सर्वोच्च अदालतसम्म पुग्यो। क्यानले अन्य फ्रेन्चाइजी लिगलाई राष्ट्रिय मान्यता नदिने निर्णय गरेपछि एभरेष्ट प्रिमियर लिगका आयोजक र ६ टिमले रिट हालेका थिए। उक्ता मुद्दा अहिले पनि विचाराधीन छ।
त्यही मुद्दाको कारण गत असोज ८ गतेदेखि शुरू हुने भनिएको प्रतियोगिता मंसिर २६ मा सरेको थियो। तर, दोस्रोपटक निर्धारण गरेको मितिमा पनि प्रतियोगिता हुन सकेन। क्यानले पुन: पुस ८ गतेबाट प्रतियोगिता गर्ने भन्दै खेल तालिका सार्वजनिक गरेको थियो। अन्तिम समयमा प्राविधिक कारण देखाउँदै क्यानले प्रतियोगिता एक दिन पछाडि सारेको थियो।
क्यानले प्राविधिक कारण बताए पनि आयोजनाको ज
