केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्डले कर्णालीका नेताहरु बिच भेटमा जनताको विश्वास जित्न भने

सहयात्रा टिभी

काठमाडौँ । पुस १७, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका छन् । ‘दुःख, मेहनत, त्याग र तपस्या जे जे गरेर हुन्छ राम्रो गर्नुपर्छ । आफूले गरेको राम्रो कामको प्रचार नगरेर पनि हामीले दुःख पाएको हो ।

मध्यपहाडी लोकमार्गदेखि उत्तर -दक्षिण कोरिडोर म पहिलो पटक प्रधानमन्त्री भएपछि प्रस्तावित गरेका परियोजना हुन् । अहिले नेपाल त्यतै हिँडिरहेको छ’ उनले भने ।

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरुसँग आइतबार सरकारी निवास बालुवाटारमा भएको भेटमा उनले उज्यालो नेपालजस्ता विकास कार्यक्रम माओवादीकै नेतृत्व र पहलमा भए पनि त्यसको स्वामित्व लिनेमा समस्या भएको धारणा थियो ।

कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र समाजवादी फोरम बनाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले कर्णालीमा बन्ने आगामी सरकारले कर्णालीको आर्थिक विकासमा गति दिने, जनतासँग जीवन्त सम्बन्ध बनाउने र जनताको विश्वास जित्ने काममा लाग्नुपर्ने धारणा राखे ।

 

प्रकाशित : 1 January, 2023

प्रतिक्रिया दिनुहोस्