केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फागुन २८ भित्र राष्ट्रपतिकाे चुनाव नभए देश संवैधानिक संकटमा जानसक्छ : शेखर कोइराला

सहयात्रा टिभी

माेरङ । माघ १४, नेपाली कांग्रेसका नेता एवम् सांसद शेखर कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको चुनाव भैसक्नुपर्ने बताए । विराटनगरमा प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनमा सांसद कोइरालाले फागुन २८ गते अगाडि राष्ट्रपतिको चुनाव नभए देशमा संवैधानिक संकट आउने पनि दाबी गरे ।

उनले देशका लागि संविधानभन्दा माथि नभइ, संविधान मातहत रहने राष्ट्रपति आवश्यक रहेको बताए । यसअघि सदनबाट पारित भैसकेको नागरिकता विधेयक राष्ट्रपतिले संविधान विपरीत अल्झाएको भन्दै अब संविधानलाई स्वीकारेर अघि बढ्ने राष्ट्रपति चाहिने बताए । उनले राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी दिने पनि बताए ।

यस्तै फरक प्रशंगमा नेता कोइरालाले रवि लामिछानेको घटनाले यो देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएको भन्दै त्यसबाट सबैले पाठ सिक्नु आवश्यक रहेको बताए । रवि लामिछानेको मुद्धामा अदालतले गरेको फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको उनको भनाई छ । नेता कोइरालाले कांग्रेस जुनसुकै बेला सरकारमा जान सक्ने पनि बताए ।

“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ”, उनले भने । नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै देश आर्थिकरुपमा कमजोर भएको बताए । सातवटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय छ भन्दै उनले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राख्ने ।

प्रकाशित : 28 January, 2023

प्रतिक्रिया दिनुहोस्