केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवा निवासमा कांग्रेसको बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । माघ १९, नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक सुरु भएको हो ।

देउवा निवास धुम्बाराहीमा चलिरहेको बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्रीलगायत सहभागी छन् ।
कांग्रेसका एक नेताले बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारबारे छलफल हुन लागेको जानकारी दिए ।

राष्ट्रियसभा उपाध्यक्षका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो ।

प्रकाशित : 2 February, 2023

प्रतिक्रिया दिनुहोस्