केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै

सहयात्रा टिभी

काठमाडौँ । माघ १९, श्रीलंकाको ७५औं वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज राजधानी कोलम्बो जाँदैछिन् ।

श्रीलंका भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट समेत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री पौड्यालले शुक्रबार ९माघ २० गते० श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

माघ २१ गते उनले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उनी माघ २५ गते काठमाडौं फर्किने कार्यक्रम छ ।

 

प्रकाशित : 2 February, 2023

प्रतिक्रिया दिनुहोस्