केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रास्वपाले केन्द्रीय समितिको बैठक बोलायो

सहयात्रा टिभी

काठमाडौँ । माघ १९, राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहीबार अपरान्ह साढे ४ बजे बस्ने भएको छ । केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्ने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

तर रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान राखेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत रास्वपाले दिएको छ ।

गृह मन्त्रालयमा रविबाहेक पार्टीकै अर्को व्यक्ति पठाउनुपर्ने आवाज पनि रास्वपाभित्र झिनो रुपमा उठेको छ । बिहीबारको बैठकमा यी सबै विषयमा छलफल हुने रास्वपाका एक नेताले जानकारी दिए ।

 

प्रकाशित : 2 February, 2023

प्रतिक्रिया दिनुहोस्