केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अध्यक्ष ओली : गृह मन्त्री रास्वपालाई दिने, कसलाई पठाउँछ उसको कुरा

सहयात्रा टिभी

काठमाडौँ । माघ १९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमतिअनुसार उसैलाई दिनुपर्ने बताउनुभएको छ ।

गृह मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दिने पूर्वसहमतिअनुसार उसैलाई दिनुपर्ने उहाँको भनाइ छ । विराटनगर विमानस्थलमा बिहीवार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयो, ‘गृह मन्त्री रास्वपालाई दिने सहमति भएको हो, पात्र कसलाई पठाउँछ उसको कुरा हो ।’

नागरिकता प्रकरणमा रास्वपाका सभापतिसमेत रहनुभएका रवि लामिछाने पदमुक्त भएपछि गृह मन्त्रीको जिम्मेवारी अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहनु भएको छ । रास्वपाले गृह मन्त्री आफूहरूले नै पाउनुपर्ने बताउँदै आएको छ ।

सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेवार नै एमालेको हुने दाबी गर्नुभयो । सत्तापक्षबाट एकमात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उहाँको भनाइ छ ।

प्रकाशित : 2 February, 2023

प्रतिक्रिया दिनुहोस्