केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मलेसियाली गृहमन्त्री आज फर्कँदै

सहयात्रा टिभी

काठमाडौँ । माघ २१, मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कँदै भएका छन् । बिहीबार साँझ नेपाल आएका नासुनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाइने श्रम शक्तिका बारेमा छलफल गरेका थिए ।

साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने र श्रमिकको हक हितका लागि अनुकूल वातावरण निर्माण गर्नेबारेमा छलफल भएको थियो ।

नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमिकहरू मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए । मलेसियन सरकारले कामदार अनुकूलको नीति निर्माण गरिरहेको उनले जानकारी दिएका थिए ।

प्रकाशित : 4 February, 2023

प्रतिक्रिया दिनुहोस्