केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । माघ २१, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा विवाद भइरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो ।

नागरिकता विवादका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको गृहमन्त्रीको पद गुमेपछि सत्ता गठबनधन तरंगित बनेको छ । नागरिकता पुनः प्राप्ति गरेपछि सोही पदमा पुनः फर्कने लामिछानेको कसरत छ ।

तर, प्रधानमन्त्री प्रचण्ड भने लामिछानेमाथि पासपोर्ट दुरुपयोगको उजुरी अनुसन्धानको क्रममा रहेको तथा नागरिकताबारे अदालतको फैसलाको पूर्ण पाठ नआको कारण गृह मन्त्रालय आफैं राख्ने बताए । यसबाट रुष्ट बनेको रास्वपाले गृहमन्त्रीबारे निर्णय गर्न प्रधानमन्त्रीलाई दुई दिनको अल्टिमेटम दिएको छ ।

पार्टीले सत्तारुढ दलको बैठकसमेत बोलाउन माग गरेको छ । एमाले अध्यक्ष ओली भने रविलाई नै सो पदमा फर्काउने सार्वजनिक रुपमै बताए ।

यसअघि शुक्रबार एमाले अध्यक्ष ओलीसँग रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भेटवार्ता गरेका थिए ।

प्रकाशित : 4 February, 2023

प्रतिक्रिया दिनुहोस्