केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसले फागुन १९ गतेको सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, नेपाली कांग्रेसले फागुन १९ गते हुने सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्तिको टुंगो लगाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले सत्ता गठबन्धनको प्रदेश भेलामा सम्बन्धित प्रदेशबाट पदाधिकारी भएका व्यक्तिले नेतृत्व गर्ने निर्ण भएको हो ।

भेलामा पुरानो गठबन्धन ब्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने बारेमा प्रशिक्षण दिइने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

सत्ता गठबन्धनका ८ दलले १९ गते सम्बन्धित प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेका थिए ।

 

प्रकाशित : 1 March, 2023

प्रतिक्रिया दिनुहोस्