केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश १ को नाम कोशी राख्ने एमाले र कांग्रेसको प्रस्ताव, नेकपा एसपा र जसपाको छुट्टै

सहयात्रा टिभी

काठमाडौं । फागुन १६, प्रदेश १ को नामकरणका लागि एमालेले कोशी राख्ने प्रस्ताव दर्ता गराएको जनाएको छ । बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव दर्ता गराएका हुन् ।

नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा सहमति जनाइसकेको छ । नेकपा एमालेले प्रदेश १ को नाम कोशी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ । नेकपा एकीकृत समाजवादी र जसपाले भने छुट्टै प्रस्ताव दर्ता गरेका छन् ।

संसद सचिवालयमा दुई दलका सांसदले ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव दर्ता गरेका हुन् । एकीकृत समाजवादीका सांसद पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले दर्ता गरेको प्रस्तावलाई एकीकृत समाजवादीका सांसद कमलप्रसाद जवेगु र जसपा सांसद निर्मला लिम्बूले समर्थन गरेकी छन् ।

प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ । पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि दलको बैठकबाट कोशीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

नेपाली काङ्ग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोशी राख्ने सहमति गरेका थिए । एमालेले कोशी नामले सबैको पहिचान समेट्ने दाबी गरेको छ ।

 

प्रकाशित : 1 March, 2023

प्रतिक्रिया दिनुहोस्