केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने

सहयात्रा टिभी

काठमाडौं । चैत्र १, प्रधानमन्त्री पुष्पकमल दाहालले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्री दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गरेका थिए ।

दलहरुसँगको परामर्शमै विस्वासको मत लिने मिति तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताउँदै आएका छन् ।

प्रकाशित : 15 March, 2023

प्रतिक्रिया दिनुहोस्