केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुल्मीमा ११ क्याम्पसमध्ये ३ मा मात्रै स्ववियु निर्वाचन हुने

सहयात्रा टिभी

काठमाडौं । चैत्र १, गुल्मी जिल्लामा रहेका ११ क्याम्पसमध्ये ३ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने भएको छ । रेसुङ्गा, श्रीङ्गेश्वर र रुद्रवती बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो ।

जिल्लाका मानका टिकाराम बहुमुखी क्याम्पस मजुवा, चन्द्रकोट बहुमुखी क्याम्पस शान्तिपुर, सत्यवती बहुमुखी क्याम्पस सत्यवती र रिडी बहुमुखी क्याम्पस रिडी, जनज्योति बहुमुखी क्याम्पस पुर्कोट, धुर्कोट परमानन्द बहुमुखी क्याम्पस धुर्कोटमा सबै पदमा निर्विरोध भएको छ ।

दिगाम आर्दश बहुमुखी क्याम्पसमा भने निर्वाचन नहुने भएको हो । जिल्लाका ७ क्याम्पसमा सबै पद निर्विरोध भएपछि बाँकी रहेका क्याम्पसमा मात्रै चुनाव हुन लागेको हो ।

 

 

प्रकाशित : 15 March, 2023

प्रतिक्रिया दिनुहोस्