केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत्र १, बालुवाटारमा १० दलीय गठबन्धनको बैठक सुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारको बिषयमा सहमति गरेका दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो ।

उपराष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाटै ३ जना उम्मेदवार छन् । सत्तारुढ ठूला दलले जनता समाजवादी पार्टी जसपालाई उपराष्ट्रपति दिने भने पनि जनमत पार्टीले पनि ममता झाको मनोनयन दर्ता गरेको छ ।

जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरे पनि उपराष्ट्रपतिमा महिला नै चाहिने अवस्थाका लागि भनेर प्रमिला कुमारीको पनि मनोनयन दर्ता गरेको छ । नेकपा एमालेले भने अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

 

प्रकाशित : 15 March, 2023

प्रतिक्रिया दिनुहोस्