केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली क्रिकेटरलाई केपी शर्मा ओलीले दिए जितको शुभकामना

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।

ओलीले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिएका हुन् ।

‘राष्ट्र तपाईंहरूको साथमा छ, म तपाईंहरूको साथमा छु,’ भन्दै ओलीले लेखेका छन्, ‘मलाई आजको दिनको प्रतीक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना १’

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईले टस जितेर नेपालविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्