केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भोटेकोसीमा खसेर बेपत्ता युवकको खोजी जारी

सहयात्रा टिभी

सिन्धुपाल्चोक । चैत्र २, कोदारी राजमार्गको चाकु झ्याले भिरबाट भोटेकोसीमा खसेर बेपत्ता भएका त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ धुस्कुन चाम्बोटेका २१ वर्षीय अमृत थामीको खोजी जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार थामी मंगलबार दिउँसोतिर साइकलमा चढेर चाकुतर्फ जाँदै गर्दा ब्रेक फेल भएर झ्याले भिरको छेउको भागमा ठोक्किएर ५० मिटर तल खसेको स्थानीयले देखेका थिए । महभिरको झ्याले भिरखण्डको सडकमा बेपत्ता थामीको साइकल र चप्पल भेटिएको प्रहरीले जनाएको छ ।

घटना थाहा पाएयता इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेको अगुवाइमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरी बल,इलाका प्रहरी कोदारीका प्रहरी र बेपत्ताका आफन्त उद्धारमा खटिएका हुन् ।

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्