केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चलचित्र महोत्सव निफ आजदेखि काठमाण्डौमा

सहयात्रा टिभी

काठमाडौँ । चैत्र २, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैटौँ संस्करण आज बिहीवारदेखि सुरु हुँदैछ । ‘विश्वभरका कथाको उत्सव’ भन्ने नारासहित काठमाण्डौमा हुने महोत्सवमा ३५ देशका ९५ वटा चलचित्र प्रदर्शन हुनेछन् ।

 

महोत्सव ६ गतेसम्म चल्ने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवका चलचित्रलाई क्यूएफएक्स चेनअन्तर्गतका चार वटा हलमा देखाइने छ । अन्तरक्रिया र छलफलसम्बन्धी कार्यक्रम पर्यटन बोर्डको प्रेक्षालयमा हुनेछ ।

महोत्सवमा सात वटा विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।

 

प्रकाशित : 16 March, 2023

प्रतिक्रिया दिनुहोस्