केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिनियाँ राष्ट्रपति सी र रूसका राष्ट्रपति भ्लादिमिरबीच मस्कोमा भेट

सहयात्रा टिभी

काठमाडौं । चैत ५, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङ्बीच मस्कोमा भेट हुने भएको छ ।

रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर उनी मस्को जान लागेको क्रमेलिनका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बेइजिङले रूस युक्रेन–युद्धको शान्तिपूर्ण अवतरण चाहेको विषय सार्वजनिक भएको दुई सातापछि दुई मुलुकका सकमक्षीबीच वार्ता हुन लागेको हो ।

रूसले युक्रेनमा हमला गरेयता सी पहिलोपटक मस्को जान लागेका हुन् । उनीहरूबीच मंगलबार वार्ता हुने बीबीसीले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता अनुसार चीनले युद्ध अन्त्यको विषयमा रचनात्मक ढंगले वार्ता गर्नेछ । ‘युद्ध अन्त्यका लागि चीनले निष्पक्ष भूमिका निर्वाह गर्नेछ भने विश्व शान्ति र युद्ध अन्त्यका लागि रचनात्मक ढंगले संवाद गर्नेछ ।’

चीनको राष्ट्रपति मस्को जाने विषयलाई बेलायतले पनि स्वागत गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले युक्रेनको सार्वभौमसत्ताको रक्षाका लागि चीनले गर्न थालेको पहलप्रति बेलायत पनि सकारात्मक रहेको छ ।

चिनियाँ राष्ट्रपति नै मस्को जाने विषयले बेइजिङले रूसलाई बलियो समर्थन गरेको संकेतका रूपमा पनि धेरैले बुझेका छन् । विश्व भूराजनीतिमा पकड जमाउन खोजिरहेका रूस र चीन दुवैले बहुध्रुवीय विश्वको सिद्धान्तलाई अंगालिरहेका छन् ।

 

प्रकाशित : 19 March, 2023

प्रतिक्रिया दिनुहोस्