वाशिङ्टनले गुटरेसलाई नजिकबाट निगरानी गरिरहेको सङ्केत
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । बैशाख १, संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले रुसको स्वार्थअनुकूल हुनेगरी काम गर्न बढी इच्छुक देखिएको अमेरिकाले सङ्केत गरेको छ ।
इन्टरनेटका विभिन्न माध्यममा चुहिएको पछिल्लो गोप्य दस्ताबेजमा वाशिङ्टनले गुटरेसलाई नजिकबाट निगरानी गरिरहेको सङ्केत छ ।
केही दस्ताबेजमा गुटरेस र उहाँका सहायकबीच भएको व्यक्तिगत संवादका कुराहरू पनि समावेश रहेका बीबीसीले जनाएको छ ।
महासचिव गुटरेस मस्कोप्रति नरम भएको भन्ने सङ्केतप्रति राष्ट्रसङ्घका अधिकारीले चासो व्यक्त गरेका छन् । चुहिएका गोप्य दस्ताबेजबारे अमेरिकी अधिकारीले ती कसरी सार्वजनिक भए भनेर खोज्न थालेका छन् ।
ती दस्ताबेजमा रुस–युक्रेन युद्ध र कयौँ अफ्रिकी नेताहरूका बारेमा उल्लेख गरिएको छ । चीनले पनि अमेरिकालाई चुहावट भएको पछिल्लो दस्ताबेजबारे विश्वलाई स्पष्ट पार्न आग्रह गरेको छ ।