ओली सहभागी कार्यक्रममा कालोझण्डा देखाउने प्रदर्शनकारी पक्राउ गरिसक्यौं : गृहमन्त्री

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा ढुंगामुढा गर्ने एकजनालाई पक्राउ गरेको बताएका छन् ।

बुधबार झापामा ओली सहभागी कार्यक्रममा कालोझण्डा प्रदर्शन र ढुंगामुढा प्रहार भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले कोशी नामकरणको विरोध गर्ने समूहले कालोझण्डा प्रदर्शन र ढुंगामुढा गर्ने प्रयास गरेको बताए ।

प्रहरीले सकारात्मक भूमिका खेलेपछि ओली सहभागी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र उनी इलामतर्फ प्रस्थान गरिसकेको पनि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्