शान्ति सुरक्षामा चुनौती देखिएको भन्दै एमालेद्धारा सरकारको ध्यानाकर्षण

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्ति सुरक्षामा देखापरेको चुनौतीका विषयमा सरकारको ध्यानाकर्षण गराएको जानकारी प्राप्त भएको छ ।

एमालेले बिहीवार गृह मन्त्रालयमा पुगेर उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई देशको शान्ति सुरक्षामा देखापरेको चुनौतीका विषयमा ध्यानाकर्षण गराएको हो ।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो ।

उहाँले देशको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ भन्ने स्पष्ट पारेको बताउनुभयो ।

 

प्रकाशित : 27 April, 2023

प्रतिक्रिया दिनुहोस्