गण्डकीका मुख्यमन्त्री सहित तिन मन्त्रीले लिए शपथ

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १५, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित तिन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज शुक्रवार प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई शपथ गराउनुभएको हो । विनाविभागीय मन्त्रीका रूपमा प्रदेश सभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गर्नुभएको हो ।

सिम्खडा नेकपा (माओवादी केन्द्र) र तिवारी नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिटै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश सभाबाट विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

 

प्रकाशित : 28 April, 2023

प्रतिक्रिया दिनुहोस्