सांघातिक आक्रमणको विषयमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ : एमाले

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १५, प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर सांघातिक आक्रमण भइरहेको भन्दै प्रधानमन्त्रीको जवाफ मागेको छ ।

शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद विष्णु पौडेलले १३ वैशाखमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा सांघातिक आक्रमणको प्रयास भएको बताए ।

यसबारे संसदमा प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिएको, तर आक्रमणका प्रयासहरु नरोकिएको उनले बताए ।

‘गृहमन्त्रीले सदनलाई दिएको जानकारीले पुगेन । यो अपराध कर्ममा संलग्नहरुलाई कडा कारबाही गरियोस्’, उनले अघि भने, ‘सरकार शान्ति सुरक्षा प्रदान गर्न सक्षम छ कि छैन ? प्रधानमन्त्रीले नै आएर जवाफ दिनुपर्छ ।’

 

 

प्रकाशित : 28 April, 2023

प्रतिक्रिया दिनुहोस्