केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हेटौंडाका चिकित्सकहरुद्धारा दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन

सहयात्रा टिभी

काठमाडौँ । भदौ २८, हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट घटनाका दोषीलाई कारबाहीको माग गर्दै त्यहास्थित चिकित्सकहरु आन्दोलित भएका छन्।

हेटौंडाका निजी तथा सरकारी अस्पतालमा कार्यरत डाक्टरहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै अगाडि सुरक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन्।

डा विकास थापा र डा प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा बुधबार आक्रमण भएको थियो। घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने र स्वास्थ्यकर्मीको पूर्ण सुरक्षाको माग गर्दै आन्दोलनका घोषणा गरेका हुन्।

उनीहरुले २४ घण्टाभित्र घटनामा संलग्नलाई कारबाही नभए सम्पूर्ण स्वास्थ्यसेवा ठप्प पार्ने चेतावनी दिएका छन्।

यसैबीच हेटौंडा अस्पतालका डाक्टरहरुले सामूहिक राजिनामा लिएका छन्। हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले अस्पतालमा कार्यरत डाक्टरहरुले शान्ति सुरक्षा र घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा दिइसकेको बताए।

 

प्रकाशित : 14 September, 2023

प्रतिक्रिया दिनुहोस्