केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभा सदस्यका लागी कांग्रेसका फरमुल्लाह र ढुङ्गाना सिफारिस

सहयात्रा टिभी

काठमाडौँ । पुस १५, नेपाली कांग्रेसको मधेस प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।

मधेश प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेसी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जनाएको छ ।

प्राथमिकताक्रम निर्धारण गरेर सात नेताको नाम पठाइएको मधेशका कांग्रेस प्रचार विभाग प्रमुख नितेशकुुमार गुप्ताले जानकारी गराए ।

वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुंगानालाई राखिएको छ ।

केन्द्रीय सदस्य ढुङ्गा अनुशासन समितिका संयोजक समेत हुन् । समानुपातिकतर्फको बन्द सूचीमा रहेका ढुङ्गानाको नाम सूचीबाट फिर्ता गरिएको थियो ।

११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनका लागि कांग्रेसले सबै प्रदेशबाट नाम संकलन गरेको छ । हालसम्म २७ जना केन्द्रीय सदस्यको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ जना सांसदका लागि उम्मेदवारी दर्ता २३ पुसलाई तोकिएको छ । राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको पद पनि खाली हुँदैछ ।

 

प्रकाशित : 31 December, 2023

प्रतिक्रिया दिनुहोस्