केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा बढाउने तयारी

सहयात्रा टिभी

काठमाडौं । पुष २६, सरकारले स्वास्थ्य बीमाबाट हुने उपचारको दायारा एक लाखबाट बढाउने भएको छ ।

हालै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष बनेका डा. गुणराज लोहनीले योगदान रकममा पुनरावलोकन गर्ने गरी सुविधाको दायारा बढाउने तयारी गर्ने जानकारी दिए ।

बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिनुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ ।

बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

पछिल्लो समय स्वास्थ्य सेवा आएको महंगीका कारणले नागरिकले पाउने सुविधा कम हुँदै जाँदा त्यसलाई परिमार्जन गर्नुपर्ने अवस्था आएको डा. लोहनी बताउँछन् ।

बोर्डले उपचारका दायारा कुन मोडलमा बढाउने भन्ने विषयमा बोर्डका सदस्यलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न र विज्ञसँग राय लिने काम गरिरहेको छ ।

पछिल्लो समय मुटु, क्यान्सर, मिर्गौला जस्ता नसर्ने रोगका कारण नागरिकले उपचारको क्रममा घरखेत नै बेच्नुपर्ने अवस्था छ ।

डा. लोहनीका अनुसार नागरिकलाई उपचारमा बढि भार परेको रोगलाई लक्षित प्याकेज राखेर पनि दायारा बढाउने योजना छ ।

 

 

प्रकाशित : 11 January, 2024

प्रतिक्रिया दिनुहोस्