केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कटन क्यान्डीमा अखाद्य रङ्ग प्रयोग गरेको पुष्टि

सहयात्रा टिभी

काठमाडौँ । माघ ८, शहर बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको कटन क्यान्डीमा अखाद्य रङ्ग प्रयोग गरिएको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट कटन क्यान्डीमा मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रङ्ग प्रयोग गरेको पुष्टि भएको हो ।

आज विभागले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘खुलारूपमा बिक्रीरवितरण भइरहेको रङ्गीन कटन क्यान्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग रोडा माइन बीको प्रयोग भएको पाइएको छ ।’

विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्रीरवितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा नगराउन अनुरोध गरेको छ ।

काठमाण्डौलगायत विभिन्न ठाउँहरूका सडकपेटी, बजार, मेला लगायतमा यस्ता कटन क्यान्डी बिक्री भइरहेका छन् ।

 

 

प्रकाशित : 22 January, 2024

प्रतिक्रिया दिनुहोस्