आज मनकामना केबलकार बन्द

सहयात्रा टिभी

काठमाडौं । चैत ७, मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज एक दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ। नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने र बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी वि.सं. २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो। मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।

प्रकाशित : 20 March, 2024

प्रतिक्रिया दिनुहोस्