सुनको मूल्य घट्यो
सहयात्रा टिभी
काठमाडौं। चैत १३, मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुन आज १ लाख २६ हजार ४ सयमा झरेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।