केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा १८ वर्षीया युवतीको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । जेठ १, कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी १८ वर्षीया युवतीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि अञ्जली परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो ।

एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल छन् । एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित : 14 May, 2024

प्रतिक्रिया दिनुहोस्