हात्तीको आक्रमणबाट माउते घाइते

सहयात्रा टिभी

 हेटौँडा । पुष ४, हात्तीको आक्रमणबाट एक जना माउते घाइते भएका छन् । पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ नेपाली सेनाको सबुज गणको पोस्टमा पालेको हात्तीको आक्रमणबाट माउते सर्लाही हरिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय मनिष चौधरी घाइते भएका हुन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बुधवार दिउँसो हात्तीलाई दाना पानी खुवाउने क्रममा अचानक हात्तीले सुडले हानी माउते चौधरीको शरीर र कानमा चोट लागेको हो । घाइते माउतेको चितवन पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । आक्रमण गर्ने हात्तीलाई सोही स्थानमा बाँधेर राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 19 December, 2024

प्रतिक्रिया दिनुहोस्