पाल्पाको बसन्तपुरमा प्राध्यापकहरूको राष्ट्रिय सम्मेलन सुरू

सहयात्रा टिभी

काठमाडौं । पुस १५, पाल्पाको तिनाउ गाउँपालिकाको बसन्तपुरमा प्राणीशास्त्र अनुसन्धानकर्ता प्राध्यापकहरूको राष्ट्रिय सम्मेलन सुरू भएको छ ।

सम्मेलनको उदघाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न हरेक जीवजन्तु, जैविक विविधता र पर्या पर्यटनको संरक्षण अपरिहार्य भएको बताए ।

मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए ।

उनले प्राणीशास्त्रका खोज अनुसन्धानकर्ताहरुको खोज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउने प्रतिबद्धता जनाए ।

लुम्बिनी प्रदेश जैविक विविधताले धनी रहेको उल्लेख गर्दै लोपोन्मुख जीवजन्तुलाई बचाइराख्न जरुरी रहेकोमा उनको जोड थियो ।

प्राणीशास्त्र केन्द्रीय विभाग र नेपाल जूलोजिकल सोसाइटीको संयुक्त आयोजनामा भएको सम्मेलनले प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरुस्लाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने नेपाल जुलोजिकल सोसाइटिका अध्यक्ष प्राध्यापक प्रा.डा. महेन्द्र महर्जनले बताए ।

सम्मेलनमा जैविक विविधता र पारिस्थितीक प्रणाली, मानव वन्यजन्तु द्वन्द र न्यूनीकरण लगायतका विषयमा छलफल भइरहेको छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढी प्राणीशास्त्रीहरुको सहभागिता रहेको छ ।

प्रकाशित : 30 December, 2024

प्रतिक्रिया दिनुहोस्